स्वास्थ्य

काठमाडौँमा हालसम्म कोभिड संक्रमणका कारण २३ सयको मृत्यु

उपत्यकामा थपिए ९३ संक्रमित

इकागज |
फागुन ८, २०७८ आइतबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण काठमाडौँमा हालसम्म २ हजार ३०० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित २८९४, संक्रमणमुक्त ३ लाख १७ हजार ४६३, मृत्यु २,३०० कुल संक्रमित ३ लाख २२ हजार ६५७ जना छन् ।

भक्तपुरमा सक्रिय संक्रमित ४ सय ४५, संक्रमणमुक्त ३७ हजार १२१, मृत्यु ४४८ र कुल संक्रमित ३८ हजार १४ जना छन् । ललितपुरमा सक्रिय संक्रमित १ हजार ४६७,संक्रमणमुक्त ६३ हजार ५५०, मृत्यु ७४५ र कुल संक्रमित ६५ हजार ७६२ जना छन् ।


त्यसैगरी काठमाडौँ उपत्यकामा आइतबार कोभिड-१९ का ९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ८०, ललितपुरमा १२ र भक्तपुरमा १ जना थपिएका हुन् ।



Author

थप समाचार
x