सोमबार काठमाडौँमा थपिए ७७ संक्रमित
फाइल तस्बिर
काठमाडौँ- उपत्यकामा सोमबार कोभिड-१९ का ९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ७७ , ललितपुरमा ११ र भक्तपुरमा ८ जना थपिएका हुन् ।
कोभिड-१९ संक्रमणका कारण काठमाडौँमा हालसम्म २ हजार ३०० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित २६८१, संक्रमणमुक्त ३ लाख १७ हजार ७५३, मृत्यु २,३०० कुल संक्रमित ३ लाख २२ हजार ७३४ जना छन् ।
भक्तपुरमा सक्रिय संक्रमित ३ सय ९६, संक्रमणमुक्त ३७ हजार १७८ , मृत्यु ४४८ र कुल संक्रमित ३८ हजार २२ जना छन् । ललितपुरमा सक्रिय संक्रमित १ हजार २४६,संक्रमणमुक्त ६३ हजार ७८२, मृत्यु ७४५ र कुल संक्रमित ६५ हजार ७७३ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया