कोभिडविरुद्धको पूर्ण मात्रा लगाएको खोप नपाएमा कुन-कुन खोप लगाउन मिल्छ ?
फाइल तस्बिर
काठमाडौँ- पछिल्लो समय मुलुकभरका अधिकांश नागरिकले कोभिडविरुद्धको खोप लगाइरहकेा छन् । पूर्ण मात्रा लगाइसकेकाले बुस्टरको मात्रा पाउन थालेका छन् ।
सरकारले विभिन्न मुलुकबाट आयात गरिएको खोप बुस्टरको रुपमा लगाइरहेको छ । १८ वर्ष माथिका सबै नागरिकले भेरोसेल, कोभिशिल्ड, अष्ट्राजेनिका र जोन्सन एण्ड र जोन्सन मात्रा पाइरहेका छन् ।
त्यसैगरी सरकारले खोपको उपलब्धताको आधारमा १८ वर्ष माथिका नागरिकलाई बुस्टरको मात्रा प्रदान गर्दै आएको छ ।
खोप उपलब्ध भएमा पूर्ण मात्रा खोप जुन लगाएको छ सोही खोप लगाउनलाई मन्त्रालयले आग्रह गरेको छ । भेरोसेल लगाएको भए भेरोसेल लगाउनु, कोभिशिल्ड र अष्ट्राजेनिका लगाएको भए सोही खोप लगाउनु । मोर्डना र फाइजर लगाएको भए सोही खोप लगाउनु । जोनसन एण्ड जोनसन लगाएको भए पनि सोही खोप लगाउनु ।
पूर्ण मात्रा लगाएको खोप उपलब्ध नभएमा कुन खोप लगाउने ? भेरोसेल लगाएकाले कोभिशिल्ड,अष्ट्राजेनिका,जोनसन एण्ड जोनसन, मोर्डना वा फाइजर लगाए पनि हुन्छ । कोभिशिल्ड र अष्ट्रेजेनिका लगाएकाले मोर्डना, फाइजर, जोनसन एण्ड जोनसन लगाउन पनि हुन्छ ।
मोर्डना लगाएकाले कोभिशिल्ड, अष्ट्राजेनिका, जोनसन एण्ड जोनसन र फाइजर लगाए पनि हुन्छ । फाइजर लगाएकाले कोभिशिल्ड, अष्ट्राजेनिका, जोनसन एण्ड जोनसन र मोर्डना खोप लगाए पनि हुन्छ ।
जोनसन एण्ड जोनसन लगाएकाले कोभिशिल्ड, अष्ट्राजेनिका,मोर्डना र फाइजर लगाए पनि हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया