स्वास्थ्य

नेपाल ल्याउने खोप दिल्लीमा धमाधम लोड, पौने १२ बजे आइपुग्‍ने

इकागज |
माघ ८, २०७७ बिहीबार १०:१० बजे

काठमाडौ : भारतले अनुदानमा दिने १० लाख डोजको कोभिड-१९ विरुद्धको खोप नेपाल ल्याउन भारतमा लोड भएको छ । खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं उड्ने तयारी भइसकेको छ । 

कोभिड खोप बोकेर एयर इण्डियाको जहाज बिहान साढे ११ बजेर ४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्‍ने विमानस्थल स्रोतले जनाएको छ । एयर इण्डियाको जहाजमा आउने खोप भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि राखिएको छ । तर भारतले दिने खोप नेपाल सरकारका तर्फबाट कसले ग्रहण गर्ने भन्‍ने टुंगो छैन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट खोप ग्रहण गर्ने भएपनि विमानस्थलमै पुगेर कसले ‘रिसिभ’ गर्ने भन्‍ने तय भइ नसकेको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । गौतमका अनुसार खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी जाने वा मन्त्रालयका अरु कुनै अधिकारी जान्‍ने भय तय भइ नसकेको हो ।

यसका लागि छलफल भइरहेको पनि प्रवक्ता गौतमले बताए । भारतले बुधबार नै कोभिडविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाललाई दिने घोषणा गरेअनुसार आज सो खोप सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।


Author

थप समाचार
x