अस्वस्थ भए डाक्टर भगवान
काठमाडौँ : नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला अस्वस्थ भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। बुधबार अस्पताल भर्ना भएका उनको मृगौलामा पत्थरी देखिएको थियो ।
उनको मृगौलामा देखिएको पत्थरी शल्यक्रियामार्फत् निकालिएको छ । डा. प्रेमराज ज्ञवाली, डा.सुमन चापागाईँ र डा.सुजित पौडलको टिमले डा. कोइरालाको शल्यक्रिया गरेको हो ।
‘जीवन अनिश्चित छ, राम्रा काम मात्र गरौँ’ भन्दै आइतबार उनले फेसबुकमा लामो स्टाटसमा राख्दै उपचारमा संलग्न मेडिकल टिमलाई धन्यवाद दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया