स्वास्थ्य

कोभिड विरुद्धको खोप अभियान सुरु

इकागज |
माघ १४, २०७७ बुधबार १०:५७ बजे

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित विशेष कार्यक्रममा कोभिड १९ विरुद्धको खोप अभियानको उदघाटन गरेका हुन् ।

प्रधानमन्त्रीले अभियान उद्घाटन गरेलगत्तै टेकु अस्पतालमा पहिलोपटक स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले पहिलोपटक खोप लगाएका हुन् । उनीहरुले यसअघि नै खोप लगाउने घोषणा गरेका थिए । 


टेकु अस्पतालमा आजै चार सय बढी ‘फ्रण्टलाइनर’ले खोप लगाउँदै छन् । आजदेखि सुरु भएको कोभिड-१९ विरुद्धको खोप पहिलो चरणमा आजदेखि देशका विभिन्न खोप केन्द्रमार्फत लगाइदैछ । भारतले अनुदानमा दिएको दश लाख डोज ‘कोभिशिल्ड’ खोप लगाउन लागिएको हो । 


Author

थप समाचार
x