स्वास्थ्य

तीन महिनामा सबैलाई कोभिड खोप लगाउने स्वास्थ्यमन्‍त्रीको दाबी

इकागज |
माघ १७, २०७७ शनिबार १३:३५ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ विरुद्धको खोप तीन महिनाभित्र सबै नागरिकलाई पुर्‍याउने बताएका छन् । शनिवार लूम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुगेका स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिड-१९ विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै तीन महिनाभित्र सबै नागरिकलाई पुर्‍याउने बताएका हुन् ।

मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरुलाई कर्णाली प्रदेशले समेत कोभिड-१९ विरुद्धको खोप लगाइसक्दा लूम्बिनी प्रादेशिक अस्पताल पछाडी पर्नुको कारणबारे जानकारी लिएका थिए । उनले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताए ।


मन्त्री त्रिपाठीले सरकारले कोभिड-१९ विरुद्धको खोप सबै जनतालाई पु¥याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति बढेको बताए । 


Author

थप समाचार
x