स्वास्थ्य

भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु आन्दोलित

इकागज |
माघ २०, २०७७ मंगलबार १६:६ बजे

फाइल तस्बिर

काठमाडौँ  : कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका आवसीय चिकित्सकहरु धर्नामा बसेका छन् । कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्दै धर्नामा बुसेकाा हुन् । उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।

‘कोभिड जोखिममा अगाडि, जोखिम भत्तामा पछाडि ?, ‘आवासीय चिकित्सकको योगदानको सम्मान गरौं, कोभिड जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराऔँ’ लेखिएका प्लेकार्ड बोकेका उनीहरुले आफूहरुमाथि भेदभाव भएको गुनासो गरेका हुन् । १० महिनादेखि कोभिड संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकलाई अस्पताल प्रशासनले विभेद गरेको उनीहरुले बताएका छन् ।


रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरु आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा वहिष्कार गर्दै आन्दोलित भएका हुन् । जोखिम भत्ता उपलब्ध गराउने प्रक्रिया सुरु नगरे अस्पतालका निर्देशकको कार्यकक्षमा समेत तालाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन् ।  


Author

थप समाचार
x