स्वास्थ्य

उपत्यकामा थपिए १३५७ कोभिड-१९ संक्रमित

इकागज |
कात्तिक १५, २०७७ शनिबार १६:३७ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ३ सय ५७ कोभिड-१९ का संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा एक सय ९५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हिजो उपत्यकामा एक हजार ८ सय ८८ जना कोभिड संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौँमा एक हजार ५ सय ८, भक्तपुरमा एक सय ३१ र ललितपुरमा दुई सय ४९ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको थियो ।



 


Author

थप समाचार
x