निजामती सेवाका कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोप सुरु
फाइल तस्वीर
काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारीलगायतलाई कोभिड-१९ विरुद्धको खोप दिन थालिएको हो ।
निजामती सेवा अन्तरगतका जिल्ला प्रशासन, मालपोत, नापी, हुलाक, कर, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले जानकारी दिइन् । त्यसैगरी प्रहरीहरूलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनको भनाइ छ ।
पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ । अदालतका न्यायाधीश र अदालतमा काम गर्ने वकिलहरूलाई पनि परिचय पत्र अनुसार प्रदान गरिने भ्याक्सिन कोअर्डिनेटर प्रजापतीले जनाए । आइतबार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया