स्वास्थ्य

भारतसँग किनेको १० लाख डोज कोभिडविरुद्धको खोप नेपाल आइपुग्यो

इकागज |
फागुन ९, २०७७ आइतबार १५:३६ बजे

फाइल तस्बिर

काठमाडौँ : भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोडिभ-१९ विरुद्धको खोप आइपुगेको छ । सरकारले भारतसँग खरिद गरेर ‘कोभिशिल्ड’ खोप ल्याएको हो । दिल्लीबाट एयर इण्डियाको जहाजमार्फत खोप ल्याइएको हो । आइतबार आएको ख‌ोप टेकु अस्पतालमा रहेको भण्डारणमा राखिनेछ । फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ ।

 सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर खोप ल्याउन लागेको हो । भारतीय कम्पनीले सबै भुक्तानी दिएपछि मात्रै खोप उपलब्ध गराउन सकिने भनेपछि सरकारले ऐन संशोधन गरेर खोप खरिद प्रक्रिया अगाडी बढाएको हो ।  यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई वितरण गरिएको थियो ।  



Author

थप समाचार
x