स्वास्थ्य

थपिए ११२ कोभिड-१९ संक्रमित

इकागज |
फागुन १३, २०७७ बिहीबार १६:४४ बजे

काठमाडौँ  : पछिल्लो २४ घण्टामा देशभर थप १ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थप ८४ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७० हजार २ सय २३ जनाले कोभिड जितेका छन् । गत २४ घण्टामा कोभिडबाट एक जनाको मृत्यु भएको छ । 


नेपालमा हालसम्म २ हजार ७ सय ६७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल ८ सय ८२ जना आइसोलेसनमा र ६६ जना क्‍वारेन्टाइनमा छन् । अहिलेसम्म २१ लाख ५३ हजार ६ सय ३६ जनामा पीसीआर परीक्षण गरिएको छ । 


Author

थप समाचार
x