स्वास्थ्य

थपिए ८१ जना कोभिड-१९ संक्रमित

इकागज |
फागुन १५, २०७७ शनिबार १७:५ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शनिबार थप ४८ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७० हजार ३ सय २५ जनाले कोभिड जितेका छन् । गत २४ घण्टामा कोभिडबाट २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ हजार ७ सय ७३ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।


नेपालमा हाल ९ सय ६७ जना आइसोलेसनमा र ६२ जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म २१ लाख ६० हजार ४ सय ४ जनामा पीसीआर परीक्षण गरिएको छ । 


Author

थप समाचार
x