स्वास्थ्य

ट्याटू र स्वास्थ्य

कसले खोपाउनु हुँदैन ट्याटू ?

इकागज |
फागुन १६, २०७७ आइतबार ६:२८ बजे

काठमाडौँ : ट्याटू खोप्‍ने चलन दिन प्रतिदिन बढ्दो छ । धेरैले ट्याटू पहिला जोसमा खोप्छन्, पछि पछुताउँछन् । स्वास्थ्यका हिसाबले पनि ट्याटूको बारेमा खासै कसैले ध्यान दिएका हुँदैनन् । कस्तो अवस्थामा ट्याटू खोप्‍न मिल्छ र कस्तो अवस्थामा मिल्दैन भन्‍नेबारे धेरैलाई थाहा नहुन सक्छ । ट्याटू खोपाउनुभन्दा पहिला केहीले यसबारे अध्ययन गरे पनि धेरैले हचुवा वा लहैलहैमा लागेर खोपाउँछन् । जसको कारण उनीहरू जीन्दगीभर पछुताएको पाइन्छ ।

कसले खोपाउनु हुँदैन ट्याटू ?


  • छालामा एलर्जी हुनेले
  • उच्च वा कम रक्तचाप भएकाहरूले
  • मधुमेहका बिरामीले 
  • मुटु रोगीले
  • गर्भवती महिलाले 

ट्याटू खोपाउँदा ध्यान दिनुपर्ने कुरा :

  • शरीरको कुन ठाउँमा ट्याटू खोपाउने हो चयन गर्नुहोस् 
  • ट्याटू कलामा निपुण ट्याटू आर्टिस्टको छनोट गर्नुहोस् 
  • हेपाटाइटिस बी, एचआईभी र क्षयरोग जस्ता रोग सर्ने भएकाले सतर्क रहनुहोस् 
  • ट्याटू खोपाउँदा छालासम्बधि समस्या हुन सक्ने भएकाले ध्यान पुर्‍याउनुहोस् 
  • ट्याटूमा प्रयोग हुने रङले गराउने एलर्जीबारे जानकार हुनुहोस् 
  • मुसा भएको ठाउँमा ट्याटू बनाउँदा अन्त पनि सर्न सक्ने भएकाले विचार पुर्‍याउनुहोस्

ट्याटू खोपिसकेपछि ध्यान दिनुपर्ने कुरा :

  • ट्याटू खोपाउने बित्तिकै रक्तदान नगर्नुहोस्
  • कम्तिमा केहि हप्ता ट्याटूलाई घामबाट बचाउनुहोस्
  • केही दिन ट्याटू खोपेको ठाउँमा सिधै पानी नपार्नुहोस् 
  • ट्याटू खोपेको छालामा तीन/चार दिनसम्म साबुन नलगाउनुहोस् 
  • ट्याटू खोपाएको छालामा दाग वा धब्बा देखियो भन्दैमा जे पायो त्यहि क्रिम वा तेल नलगाउनुहोस्
  • ट्याटू बनाएको ठाउँमा केही दिनसम्म चिलाउन सक्छ तर, नकन्याउनुहोस् । 
     


Author

थप समाचार
x