स्वास्थ्य

थप ७८ जनामा काेभिड-१९ संक्रमण

इकागज |
फागुन १६, २०७७ आइतबार १९:१९ बजे

काठमाडौँ : थप ७८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७ जना कोभिड-१९ मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६२ सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड-१९ सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले जनाएको छ  ।



Author

थप समाचार
x