स्वास्थ्य

बाबुराम भट्टराईको स्वास्थ्य : न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष, ढिला अप्रेशन भए खतरा

इकागज |
फागुन १७, २०७७ सोमबार १०:२७ बजे

काठमाडौँ :  पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकले भट्टराईलाई क्यान्सर नभएको प्रमाणित भएको बताएका हुन् ।

भट्टराईका सहयोगीको रुपमा दिल्लीमै रहेका विश्वदीप पाण्डेका अनुसार ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने  चिकित्सकले सुझाव दिएका छन् ।  यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरासमेत चिकित्सकले बताएका छन् । 


अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको छ । डा. प्रोफेसर विक्रम भाटियासँग उनले परामर्श लिइरहेका छन् । भट्टराई भोलि नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कँदै छन् । 


Author

थप समाचार
x