स्वास्थ्य

थपिए ७३ कोभिड-१९ संक्रमित

इकागज |
फागुन १७, २०७७ सोमबार १६:५३ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार थप ६४ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७० हजार ४ सय ७१ जनाले कोभिड जितेका छन् । गत २४ घण्टामा कोभिडबाट ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ हजार ७ सय ७७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।


नेपालमा हाल ९ सय ६८ जना आइसोलेसनमा र ६१ जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म २१ लाख ६५ हजार ९ सय ८५ जनामा पीसीआर परीक्षण गरिएको छ । 


Author

थप समाचार
x