स्वास्थ्य

शरीरमा अक्सिजनको मात्रा घटेपछि गोपालमान श्रेष्ठ अस्पताल भर्ना, स्वास्थ्यमा सुधार हुँदै

इकागज |
फागुन १७, २०७७ सोमवार १८:५७ बजे

काठमाडौँ  :  नेपाली कांग्रेसका संगठन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना भएका छन् । आइतबार शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

‘हिजो (आइतबार) उहाँको अक्सिजनको लेभल अस्वभाविक घटेछ । अनि हिजो नै अस्पताल ल्याइएको हो । उहाँको कान केही पहिलेदेखि दुखिरहेको थियो,’ गण्डकी प्रदेश सभाका सदस्यसमेत रहेका कांग्रेस नेता मेखलाल श्रेष्ठले भने, ‘अहिले अक्सिजनको लेभल केही बढेको रिपोर्ट आएको छ । केही दिन उहाँ अस्पतालमै रहेर डाक्टरहरुको परामर्शमा हुनुुहुन्छ ।’  



Author

थप समाचार
x