स्वास्थ्य

यी हुन् प्याज खानुका मुख्य फाइदाहरु

इकागज |
फागुन १८, २०७७ मंगलबार ११:५२ बजे

काठमाडौँ : हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । रक्तअल्पता, मधुमेह, पत्थरी, कब्जियत जस्ता स्वास्थ्य समस्या भएकालाई प्याजले फाइदा गर्छ । 

दिनहुँ काँचो प्याज खाँदा त्यसले शरीरमा रगतको कमी हुन दिँदैन । जसले रक्तअल्पताको जोखिम कम गराउँछ । मधुमेहका बिरामीले पनि प्याज खानु लाभदायक हुन्छ । किनभने, प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, पत्थरीको लागि पनि प्याज फाइदाजनक छ । बिहान खाली पेटमा प्याजको रस पिउनाले पत्थरीको समस्या समाधान हुन्छ । 


काँचो प्याजले कब्जियतको समस्यामा पनि काम गर्छ । पाचन प्रणालीको लागि प्याज उपयुक्त मानिन्छ । प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । यसले पाचनसम्बन्धी समस्याको समाधान गराउँछ । 

त्यस्तै, घाँटी खसखसाउने समस्याको लागि पनि प्याज राम्रो मानिन्छ । प्याजमा एन्टी–अक्सिडेन्ट हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । साथै मुटुलाई स्वस्थ राख्नको लागि पनि प्याज निकै उपयोगी मानिन्छ ।

प्याजले समाधान गर्ने अन्य स्वास्थ्य समस्या
–  महिनावारीमा पेट दुख्ने समस्या 
–  आँखाका समस्या
–  युरिन इन्फेक्सन
–  अनिद्रा 


Author

थप समाचार
x