स्वास्थ्य

कोभिड खोप लगाउँदै प्रधानमन्त्री ओली

इकागज |
फागुन २२, २०७७ शनिवार १४:१४ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार कोभिसिल्ड खोप लगाउने भएका हुन् । 

आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियान प्रधानमन्त्री ओलीले नै आरम्भ गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । दोस्रो पटक मृगाैला प्रत्यारोपन गरिसकेका प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गएर खोप लगाउने भएका हुन् । 


कोभिडविरुद्धको कोभिसिल्ड भारतबाट खरिद गरेर ल्याइएको खोप हो । विश्‍व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त यो खोप बेलायतको अक्सफोर्ड एक्सटाजोनिका र भारतको सेरम कम्पनीले उत्पादन गरेको हो । यो खोप नेपालका सांसद, चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरूले पनि लगाइसकेका छन् । 

यो खोप अधियान अन्तर्गत ५५ वर्ष उमेर समूह कटेका सबै नागरिकले आफ्नो परिचय पत्र लगेर नजिकैको खोप केन्द्रमा खोप लगाउन सक्नेछन् । काठमाडाैँ महानगरले उपत्यकाभित्रको वडा अनुसार खोप केन्द्र तोकिदिएको छ । उक्त खोप केन्द्रहरूबाट शिक्षण पेशामा लागेका व्यक्तिहरू, सवारी चालक-सहयोगी लगायतले खोप लगाउन पाउनेछन् । पहिलो चरणको खोप अभियानमा ४ लाखभन्दा बढी नागरिकले सेवा लिएका थिए । 


Author

थप समाचार
x