स्वास्थ्य

मधेश प्रदेशमा ६ सयभन्दा बढी नयाँ कुष्टरोगी भेटिए

इकागज |
फागुन २९, २०७८ आइतबार १७:४० बजे

जनकपुरधाम–फागुन २९ गते । मधेश प्रदेशमा गत वर्ष मात्रै ६ सय भन्दा बढी नयाँ कृष्ठरोगी भेटिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना केन्द्र (एचएमआईएस) का अनुसार गत आर्थिक वर्ष ०७७÷०७८ मा मधेस प्रदेशमा गरिएको सर्भे अनुसार ६ सय ७४ वटा नयाँ कुष्ठरोगी भेटिएको हो । यो संख्या कुल संक्रमितको ३४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष ०७६÷०७७ मा देशभर ३ हजार २ सय ८२ नयाँ रोगी भेटिएकामा मधेश प्रदेशको मात्रै ४५ प्रतिशत अर्थात् १ हजार ४ सय ८४ जना रहेको थियो । केन्द्रका


अनुसार मधेश प्रदेशका धनुषा र महोत्तरीमा कुष्ठरोगीको संख्या बढी छ ।
जनकपुरधाममा आयोजित जिल्लास्तरीय कुष्ठरोगसम्बन्धी योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रममा ‘एनएलआर नेपाल’ का उपनिर्देशक नन्द बाँस्तोलाले

पछिल्लो १३ वर्षमा धनुषामा १ सय ७५ बालबालिकासहित १ हजार ६ सय २६ जना र महोत्तरीमा २ सय १८ बालबालिकासहित १ हजार ७ सय ७५ जना कुष्ठरोगका बिरामी भेटिएको तथ्यांक प्रस्तुत गरेका छन् ।

बाँस्तोलाले सन् २०२५ सम्ममा महोत्तरी र धनुषामा कुष्ठरोगको संक्रमणलाई ५० प्रतिशतले र सन् २०३० सम्ममा ९५ प्रतिशतभन्दा बढी न्यूनीकरण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा उपस्थित मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले सरकारको नीति र रणनीति कमजोर भएको कारण ४ हजार वर्ष पुरानो कुष्ठरोग अझै नियन्त्रण हुन नसकेको आरोप लगाए।


Author

थप समाचार
x