स्वास्थ्य

चीनका कारण भक्तपुरमा अस्पताल बनाउन सकेनौं : स्वास्थ्य मन्त्री

इकागज |
चैत ८, २०७८ मंगलबार १९:८ बजे

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन् ।

मंगलवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि विभिन्न कारणले निर्माण गर्न नसकिएको बताएका हुन्। उनले चीन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताए। । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमति गराउने प्रयास गर्ने पनि उनको भनाइ थियो । 


‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । चीनले दिन्छ भन्ने आँट र आशमा हामीले यसलाई अगाडि बढायौँ,’ उनले भने, ‘विभिन्न कारणले डिस्टर्ब भयो। कोरोना आएर डिस्र्टब भएको हो, अब अघि बढ्छ।’  । परराष्ट्रमन्त्रीको भ्रमणमा यो एजेण्डालाई हामीले प्रवेश गर्न सक्यौँ र परराष्ट्र मन्त्री मार्फत् चिनियाँ

सरकारलाई सहमति गराउने स्थितिमा पुग्यौँ भने यो प्रोजेक्टले सफलता हासिल गर्ने उनले आस्वासन दिए ।  उनले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरु पनि खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्नुपर्ने बताए। 


Author

थप समाचार
x