स्वास्थ्य

वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकालाई सेवा सुविधा कटाैती गर्ने

इकागज |
चैत ९, २०७८ बुधबार १५:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटाैती गर्ने भएको छ ।

प्रतिष्ठानले बुधबार सूचना गरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहकाे सुविधा कटाैती गर्ने भएको हो ।


आगामी मंगलबारदेखि (१५ गते) स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएकाे छ ।

सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताएको छ ।

प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए ।

'रकम अभावमा अस्पतालको दैनिक खर्चमा समेत समस्या भइसकेको छ,' उनले भने । स्वास्थ्य बीमा सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न पटक-पटक सरोकारवाला निकायलाई आग्रह गर्दा बेवास्ता गरिएको गिरीले आरोप लगाए ।

प्रतिष्ठानले वि.स‍. २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई  स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x