स्वास्थ्य

सुत्केरी आमालाई पोषणयुक्त खाद्यान्न र घ्यू

इकागज |
चैत १०, २०७८ बिहीबार ६:१५ बजे

उदयपुर -  उदयपुरको चौदण्डीगढी नगरपालिकाले जनतासँग उपमेयर कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई घरघरमा पोषणयुक्त खाद्यान्न तथा घ्यू वितरण थालेकाे छ ।

 जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीले खाद्यान्न वितरण गरेकी हुन् ।


 हरेक वर्षको असार महिनादेखि यता सुत्केरी आमालाई १० केजी चामल, १ केजी दाल, १ केजी घ्यू, १ लिटर तेल, एक पोका नुन, १०० ग्राम ज्वानो, १०० ग्राम मेथी लगायतका खाद्यान्न वितरण गर्ने गरिएको नगर उपप्रमुख चौधरीले जानकारी दिइन् ।

बुधबरबाट उपमेयर चौधरीले नगरको वडा नं १० मा ६० जना, वडा नं ९ मा ५० जना र वडा नं ५ मा ८० जना सुत्केरी आमाहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गरेकी छन् । अन्य वडामा क्रमश: बितरण गर्दै लैजाने योजना रहेको बताइन् ।
    


Author

थप समाचार
x