स्वास्थ्य

थपिए ७९ कोभिड-१९ संक्रमित

इकागज |
चैत ७, २०७७ शनिबार १६:४७ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर ७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ । 

मन्त्रालयका अनुसार आज ८२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । 


गत २४ घण्टामा कोभिडका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा ९९८ जना आइसोलेसनमा र ४७ जना क्‍वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ३३ हजार ३४५ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x