कोभिड विरुद्धको बुस्टर डोज तीन महिनामै लगाउन पाइने
फाइल तस्बिर
काठमाडौँ- अब सर्वसाधारणले कोभिड-१९ विरुद्धको खोप लगाएको तीन महिनामै बुस्टर डोज पाउने भएका छन् । खोप सल्लाहकार समितिको गत १३ गते बैठकको सिफारिसको आधारमा पहिलो श्रृङ्खला पूरा गरेको ३ महिनामै बुस्टर डोज पाउने भएका हुन् ।
यसअघि सरकारले पहिलो खोपको श्रृङ्खला पार गरेको ६ महिनापछि मात्र बुस्टर डोज प्रदान गर्दै आएको थियो । पहिले लगाएको खोपलाई निरन्तरता दिँदै बुस्टर डोज अभियानलाई प्रभावकारी बनाउन लागेको परिवार कल्याण महाशाखाका डा. विवेक कुमार लालले जानकारी दिए ।
उनका अनुसार यसअघि खोप लगाएको केन्द्रबाट खोपको मात्रा र बुस्टर डोज लगाउनु पर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया