स्वास्थ्य

थप ७७ जनामा काेभिड-१९ संक्रमण

इकागज |
चैत ८, २०७७ आइतबार १९:४५ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ७७ जनामा काेभिड १९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा काेभिड १९ सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ । यस अवधिमा थप तीन हजार १८१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ९२१ जना काेभिड १९ बाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६९ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म काेभिड १९ को सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x