थप १५० जनामा कोभिड-१९ संक्रमण
काठमाडौँ । नेपालमा सोमबार थप १५० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोभिडका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोभिडका कारण तीन हजार १९ जनाले ज्यान गुमाएका छन् । सोमबार ९९ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७२ हजार २० जना संक्रमण मुक्त भएका छन् । हाल एक हजार १७ जना आइशालेशन र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ४० हजार ९९८ वटा पीसीआर गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया