स्वास्थ्य

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउँदै

इकागज |
बैशाख ६, २०७९ मंगलबार १८:४० बजे

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसुस नेपा भ्रमणमा आउने भएका छन् । उनी डब्लुएचओकी दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका साथ वैशाख ८ मा तीन दिने भ्रमणका लागि आउन लागेका हुन् । 

डा. टेड्रोसलाई स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपाल भ्रमणका लागि निमन्त्रण गरेका हुन् । नेपालको औपचारिक भ्रमणका क्रममा डा. टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा परराष्ट्र मन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


डा. टेड्रोस अहिले भारतकाे भ्रमणमा छन्, उनी भारतबाट नेपाल आउन लागेका हुन् । 


Author

थप समाचार
x