स्वास्थ्य

सरकारले भन्योः भारतमा कोभिड संक्रमणदर बढ्यो, संवेदनशील बन्‍नू

पूर्ण खोप लगाएको तीन महिनामा बुस्टर मात्रा लगाउन आग्रह

इकागज |
बैशाख ८, २०७९ बिहीबार १२:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संख्यात्मक रूपमा संक्रमण कम भए पनि जोखिम उत्तिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रले बताइन् ।

सरकारले महामारी नियन्त्रण गर्न उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरिरहेको छ । कोभिडविरुद्धको खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने तथा खोप अभियानमा निरन्तर साथ दिने सबलाई उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।


बिहीबार विज्ञप्‍ति जारी उनले उल्लेख गरेकी छिन्,' कोभिडविरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा पश्‍चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध छ ।'

 

 


Author

थप समाचार
x