स्वास्थ्य

देशभर थपिए १३ काेभिड संक्रमित

इकागज |
बैशाख ११, २०७९ आइतबार १८:२० बजे

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमित संख्या २ सय ६९ रहेको छ । 


पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । सोही अवधिमा ४८ हजार ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x