कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै
सुर्खेत - कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन् । यो विगतका वर्षको तुलनामा निकै कम हो ।
आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखिएकाे कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए । ‘नेपालमा औलोका बिरामी प्राय: भारतबाट फर्कनेमा देखा पर्ने गरेको छ ।’ उनले भने, ‘कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन् ।’
जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी फेला परेका छन् । हुम्लामा पाँच, मुगुमा ६, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुम पश्चिममा एक जना औलोका बिरामी फेला परेका छन् ।
जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेको कार्यालयको भनाइ छ । सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्यालयले काम गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया