के फेरि लकडाउन हुन्छ ? यसो भन्छन् स्वास्थ्य मन्त्री
फाइल तस्वीर
काठमाडौँ : नेपालमा कोभिड–१९ संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ । संक्रमितको संख्या बढेसँगै सर्वसाधारणमा लकडाउन हुने हो कि भन्ने चिन्ता र चासो बढ्न थालेको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिले नै सकेसम्म लकडाउनको बाटोमा प्रवेश नगर्ने बताए । ‘अहिले वैकल्पिक बाटो अपनाइरहेका छौँ,’ उनले भने, ‘सकेसम्म पहिला सचेत गराउने काम गर्छौँ । मन्त्रालयको अहिले नै लकडाउन गर्ने सोच बनाएको छैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार भएको प्रेस ब्रिफिङमा संक्रमण बढ्नुको कारण अनावश्यक भिडभाड, मास्कको प्रयोग नहुनु, एकअर्काबीच दूरी कायम नगर्नु, जुलुस, सभा, सामुहिक भेटघाट आदि भएको बताए ।
‘लकडाउन गर्नु सरकारको उद्देश्य वा चाहना होइन,’ उनले भने, ‘संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थितीअनुसार नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ ।’ यस वर्षको होली भिडभाड नगरी घरमै बसेर मनाउन समेत उनले अनुरोध समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया