बिहानीमा चिसो पानीले नुहाउँदा हुने आश्चर्यजनक ७ फाइदा
काठमाडौँ– जाडो होस् या गर्मी धेरै मानिसहरू तातो पानीले नुहाउन रुचाउँछन् । तातो पानीले नुहाउँदा शरिरलाई आनन्दको अनुभूति हुन्छ । अझै, बाथ टबमा तातोपानी भरेर ‘हट वाटर बाथ’लाई निकै आनन्ददायक रूपमा पनि लिइन्छ । तर चिसो पानीको सावर लिनुजत्तिको फाइदा तातोपानीमा नरहेको अध्ययनहरूले देखाएका छन् । चिसो पानीको सावर लिदाँका आश्चर्यजन सात फाइदा यस्ता छन् ।
१) मानसिक स्फूर्ति
चिसो पानीले नुहाउँदा मानसिक रूपमा स्फूर्ति पैदा हुन्छ । बिहान ओछ्यानबाट उठ्न संघर्ष गर्नेहरूका लागि वरदान नै हो । बिहान चिसो पानीमा सावर लिएपछि त्यसले दिनभर फ्रेस राख्छ, मानसिक थकान पनि कम हुँदै जान्छ । मानसिक स्फूर्तिले शारिरीक रूपमा पनि चंगा बनाउँछ ।
२) मुड (मनोभाव) सुधार
चिसो पानीले नुहाउँदा मानिसको नोराड्रेनालाइन लेभल बढ्छ र मानव दिमागमा रगतको प्रवाह ठीकसँग गराउँछ । यसले मानिसमा सतर्कता, एकाग्रता र ध्यान बढाउँछ । साथै एन्डोर्फिन र न्यूरोट्रान्समिटर पैदा भई त्यसले आराम रहेको चेत प्रदान गर्दछ । बिहानीमा चिसो पानीले सावर लिनाले आलस्यता र ह्यांगओभर समेत हटाउन मद्दत गर्छ ।
३) रक्त सञ्चारमा सुधार
उमेरसँगै शरीरमा रक्त सञ्चारमा क्रमिक कमी भएर जान्छ, यसले शरीरमा हामी पुर्याउँछ । मस्तिष्क तथा शरीरका अन्य अंगमा अक्सिजन आवश्यकता अनुसार पुर्याउन पनि रक्तसञ्चार ठीकसँग हुनुपर्छ । शरीरमा ठीकसँग रक्तसञ्चारका लागि यसले मद्दत गर्छ । त्यसो त मनतातो पानीले पनि रक्तसञ्चारलाई राम्रो गर्छ ।
४) तौलमा कमी
चिसो पानीले नुहाएपछि शरिरलाई न्यानो राख्नका लागि शरिरमा भएको उर्जा प्रयोग हुन्छ । यसले शरिरमा जम्मा भएको क्यालोरी कमी भई शरिरको तौल घटाउन मद्दत गर्छ ।
५) प्रजनन क्षमता वृद्धि
केही अध्ययनहरूले चिसो पानीले नुहाउने पुरुषमा प्रजनन् क्षमता विस्तार हुने देखाएको छ । तातो पानीले नुहाउँदा पुरुषमा वीर्य उत्पादनमा ह्रास आउने हुँदा चिसो पानीले नुहाउँदा त्यसको विपरित वीर्य उत्पादन क्षमता बढ्ने अध्ययनहरूले देखाएका छन् ।
६) तनाव, डिप्रेसन र चिन्तामा कमी
चिसो पानीको सावर नियमित लिदाँ शरिरले आघात र दबाब पचाउने क्षमता वृद्धि हुन्छ । नियमित चिसो पानीमा नुहाँउदा तनाव झेल्न सक्ने क्षमता नर्भस सिस्टमले तयार पार्छ । शरिर र मस्तिष्क पनि सोही अनुसार समस्यासँग जुझ्न तयार हुन्छन् । चिसो पानीले नुहाउँदा शरिरमा इन्डोर्फिन पैदा हुन्छ र त्यसले हामीलाई सचेत, उर्जावान् र फ्रेस राख्छ । अध्ययनहरूले डिप्रेसन –अवसाद)को शिकार भएको व्यक्तिले हप्तामा ३–४ पटकसम्म चिसो पानीको सावर दिनमा ५ मिनेटसम्म लिन सुझाएको छ ।
७) छाला जल्ने जोखिमको अन्त्य
चिसो पानीले नुहाउँदा सिम्प्याथेटिक नर्भस सिस्टमको विकास हुन्छ । यसले छालामा इन्फ्लेमेटरी सिटोकिन्सजन्य डाबर आउने, चिलाउने, छालामा पानीको फोका निस्कने समस्या आउँदैन । मानिसको छाला संवेदनशील अंग हो । तातोपानीले छाला पोल्ने देखि तातोपानीका लागि प्रयोग हुने गिजर, ग्यास आदिबाट आगो लाग्नसक्ने जोखिम पनि यसले कम हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया