स्वास्थ्य

थप १४ जनामा काेभिड संक्रमण

इकागज |
बैशाख २४, २०७९ शनिबार १७:३६ बजे

काठमाडौं – नेपालमा थप १४ जनामा काेभिड-१९ संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।


आज थपिएकासँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमणम मुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले काेभिडविरुद्धको खोप लगाएका छन् । 


Author

थप समाचार
x