स्वास्थ्य

थप ४ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमितको संख्या १७३ मा झर्‍यो

इकागज |
बैशाख २९, २०७९ बिहीबार १७:५ बजे

काठमाडौँ – नेपालमा थप ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ६३ पिसिआर परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ३ सय ५४ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 


त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ५७ जना निको भएका छन् । हाल नेपालमा १७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x