स्वास्थ्य

थप सात जनामा कोभिड संक्रमण

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १७:१९ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप सात जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ४८ पीसीआर परीक्षणका क्रममा सात जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 

२ सय ८९ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोभिड नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । 


त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ७३ जना निको भएका छन् । हाल नेपालमा १ सय ६४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x