हलिउड/बलिउड

के सामन्था र नागा चैतन्य छुट्टिएका हुन् ?

इकागज |
भदौ १४, २०७८ सोमबार १०:५९ बजे

मुम्बई :  ‘फेमिली मेन २’मा अभिनय गरेपछि सामन्था प्रभु हिन्दी फिल्मका दर्शकबीच पनि लोकप्रिय बनेकी छिन् । तमिल र तेलगुमा त सामान्था धेरै नै रुचाइने अभिनेत्रीमा पर्छिन् । तर, करिअरको उचाइमा रहेकी सामान्थाको व्यक्तिगत जिन्दगीको समाचार भने सुखद छैन ।

केही समययता उनको र नागा चैतन्यबीच हार्दिक सम्बन्ध नरहेको र वैवाहिक जीवन भत्कने संघारमा रहेको समाचार आएका छन् । यो हल्लाको सुरुवात त्यतिबेला चल्यो जब सामन्थाले फेसबुमा नाम परिवर्तन गरिन् । नागा चैतन्यसँग विवाह गरेपछि उनले सामाजिक सञ्जालमा प्रयोग हुने नाममा नागाको थर अक्केनेनी जोड्ने गरेकी थिइन् ।


तर, केही दिनअघि उनले फेसबुकमा अक्केनेनी हटाएर प्रभुमै फर्किइन् । योबाहेक सामान्था अहिले नागा चैतन्यसँग छुट्टिएर बेग्लै बस्न थालेको पनि दाबी गरिएको छ । उता नागा चैतन्य पनि पैतृक घरमै बस्न थालेका छन् । समाचारमा के पनि दाबी गरिएको छ भने नागार्जुनले दुवैलाई सम्झाउने प्रयास गरे पनि छोराबुहारीलाई छुट्टिनबाट रोक्न सकेनन् । 

बजारमा चलेको यो हल्लामा सामान्था र नागा चैतन्य दुवैले टिप्पणी गर्न चाहेका छैनन् । उनीहरूले यो खबरलाई पूर्णतया खारेज पनि गरेका छैनन् । तर, यसैबीच आइतबार परेको नागार्जुनको जन्मदिनमा भने सामान्थाले भावुक शुभकामना दिएकी थिइन् । 


Author

थप समाचार
x