हलिउड/बलिउड

जेम्स बन्डको ‘नो टाइम टु डाई’को एडभान्स टिकट बिक्रीमा कीर्तिमान

इकागज |
असोज ८, २०७८ शुक्रबार १८:५ बजे

लसएन्जल्स-  जेम्स बन्ड सिरिजको २५ औँ फिल्म ‘नो टाइम टु डाई’को आउँदो मंगलबार लन्डनको रोयल अलबर्ट हलमा वल्र्ड प्रिमियर हुँदैछ । प्रिमियरमा डेनियल क्रेग पनि उपस्थित हुने चर्चा छ । तर, फिल्मले एडभान्स बुकिङमा नयाँ कीर्तिमान कायम गरेको छ । निर्माण कम्पनी एमजिएमले फिल्म रिलिज नहुँदै टिकट बिक्रीको अनुपातले कीर्तिमान कायम गरेको जानकारी गराएको छ । 

निर्माताले सेप्टेम्बर १३ बाट वल्र्ड प्रिमियरका लागि टिकट बिक्री खुल्ला गरेका थिए । तर बिक्री खुले लगत्तै टिकट लिन चाहाने दर्शकको संख्याले हल सञ्चालक उत्साहित बनेका छन् । बेलायतभर नै फिल्मका लागि अग्रिम टिकट लिने संख्या महामारी अघि जत्तिकै रहेको बताइएको छ । हल सञ्चालकले दिएको जानकारीअनुसार पछिल्लो समय यत्तिको क्रेज ‘एभेञ्जर एन्ड गेम’ मात्र देखिएको थियो । 


डेनियल क्रेगको जेम्स बन्डका रुपमा अन्तिम फिल्म मानिएको ‘नो टाइम टु डाई’ सेप्टेम्बर ३०मा रिलिज हुँदैछ । अमेरिकामा भने यो फिल्म अक्टोबरको पहिलो हप्ताबाट रिलिज हुँदैछ ।महामारीपछि रिलिज हुने यो पहिलो ठूलो फिल्म हो । पहिलो महामारी पछि रिलिज भएको क्रिस्टोफर नोलानको ‘टेनेट’ भने बक्स अफिसमा असफल मानिएको थियो । 
 


Author

थप समाचार
x