‘ब्ल्याक विडो’लाई उछिन्दै ‘सङ ची’ बन्यो यो वर्षको सबैभन्दा कमाउने फिल्म
लसएन्जल्स - आफ्नै कम्पनीको फिल्मलाई उछिन्दै ‘सङ ची’ सन् २०२१ को सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । मार्भलले निर्माण गरेको ‘सङ ची’ ले मार्भलकै फिल्म ‘ब्ल्याक विडो’लाई उछिन्दै यो कीर्तिमान कायम गरेको हो ।
सुपरहिरो एडभेन्चर हिरो फिल्मले शुक्रबार मात्र ४ हजार सिनेमाहलबाट ३.५९ मिलियन अमेरिकी डलर कमाई गर्दै स्कारलेट जोन्सनको फिल्मलाई पछि पारेको हो । योसँगै फिल्मको कुल कमाई १८६.७ अमेरिकी डलर पुगेको छ । जुलाईमा रिलिज भएको ‘ब्ल्याक विडो’ले भने १ सय ८३ हजार अमेरिकी डलर कमाई गरेको मार्भलको आंकडा छ ।
‘सङ ची’ले यो उपलब्धि हासिल गर्नमा भने यसको प्रदर्शन शैलीलाई मुख्य कारण मानिएको छ । ‘ब्ल्याक विडो’ लगायत यो साल प्रदर्शन भएका धेरै फिल्मले हाइब्रिड रिलिज पछ्याउँदा ‘सङ ची’ भने हलमा मात्र रिलिज भएको थियो ।
घरेलु बजारमा यो फिल्मले चौथो हप्ता सर्वाधिक कमाई गर्ने लिस्टमा पहिलो स्थानमा कब्जा जमाएको हो । रिलिज भएको हप्तादेखि नै कमाईमा एक नम्बरमा रहेको यो फिल्मलाई चौथो हप्तामा पनि दर्शक कमी छैन । यो फिल्मले आउँदा हप्तासम्म २ करोड अमेरिकी डलर बराबर व्यापार गर्ने अनुमान गरिएको छ । बक्स अफिसमा आँकडाअनुसार ‘सङ ची’ पछि दोस्रो नम्बरमा ‘डियर इभान हानसेन’ छ भने तेस्रो नम्बरमा रायन रेनल्डको ‘फ्रि गाय’ रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया