हलिउड/बलिउड

जेम्स बन्डलाई ७० अर्बको डिल !

इकागज |
कात्तिक ९, २०७७ आइतबार १२:५४ बजे

काठमाडाैं : जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ किन्न स्ट्रिमिङ साइट मोलमोलाइमा उत्रिएका छन् । हरेक पल्ट प्रदर्शन मिति सरेसँगै फिल्मको घाटा बढ्दै गएको चाल पाएपछि नेटफ्लिक्स, एप्पल टिभी जस्ता स्ट्रिमिङ साइट जेम्स बन्ड किन्न तम्सिएका हुन् ।

उनीहरु जेम्स बन्डको स्ट्रिमिङ अधिकार किन्न ६ सय (७० अर्ब नेपाली रुपैंया) मिलियन डलरसम्म खर्च गर्न तयार रहेको बताइएको छ । रिपोर्ट अनुसार फिल्मले निर्धारित समयमा रिलिज नहुँदा ३० मिलियन देखि ५० मिलियन घाटा खाइसकेको छ ।


त्यसैले बेलायतको ब्लुमबर्गले वितरक कम्पनी एमजिएम फिल्म बेच्न इच्छुक रहेको खबर छापेको थियो । तर, कम्पनीले स्ट्रिमिङ साइटलाई फिल्म बेच्न लागेको कुरा अफवाह मात्र भएको स्पष्ट पारेको छ । शनिबार वितरक कम्पनीले हलिउडका अनलाइन् तथा पत्रपत्रिकालाई प्रतिक्रिया दिँदै फिल्म बिक्रिमा नरहेको बताएको छ ।

फिल्मको प्रदर्शन मिति दुई पटक सरिसकेको छ । सबैभन्दा पहिला फिल्म अप्रिलमा प्रदर्शनमा आउनेवाला थियो । बीचैमा महामारी आएपछि फिल्म सरेर नोभेम्बरमा पुग्यो । तर, यतिबेला पनि महामारी जस्ताको तस्तै रहेपछि फिल्म सरेर अर्को सालको अप्रिलमा पुगेको छ । 

जेम्स बन्डको यो सिरिज नोभेम्बरमा रिलिज नभएपछि बेलायतको सबैभन्दा ठूलो सिनेमा चेन सिनेवल्र्डले अनिश्चितकालका लागि हल नै बन्द गर्ने निर्णय गरेको थियो । प्रतीक्षित फिल्महरु धमाधम स्ट्रिमिङ साइटमा आउँदा हलको भविष्य संकटमा पर्नेभन्दै हल संचालकले बारम्बार निर्मातालाई फिल्म नबेच्ने आग्रह गर्दै आएका छन् । जेम्स बन्ड सिरिजको नयाँ फिल्म जेम्स बन्डको रुपमा डेनियल क्रेगको अन्तिम फिल्म हो । एजेन्सीकाे सहयाेगमा


Author

थप समाचार
x