हलिउड/बलिउड

जावेद अख्तरले हाले कंगनालाई मानहानीको मुद्दा

इकागज |
कात्तिक १९, २०७७ बुधबार १३:२३ बजे

मुम्बई : बलिउड अभिनेत्री कंगना रनावतमाथि कवि-गीतकार जावेद अख्तरले पनि मानहानीको मुद्दा हालेका छन् ।  उनले कंगनाले एउटा टेलिभिजन अन्तर्वार्तामा विना सन्दर्भ आफूमाथि गलत आरोप लगाएको र त्यसले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै मुम्बईको अन्धेरीमा मुद्दा दर्ता गराएका हुन् ।

एउटा टेलिभिजन अन्तर्वार्तामा  कंगनाले अख्तरलाई बलिउडको खास ‘कोटरी’को संरक्षण गर्ने गरेको र उनले ऋतिक रोसनसँगको विवादको समयमा उनकाविरुद्ध नबोल्न धम्की दिएको आदि आरोप लगाएकी थिइन् । अख्तरले कंगनाले लगाएको आरोपमा कुनै सत्यता नरहेको र उनको अन्तर्वार्ताले आफ्नो छवि खराब भएको भन्दै क्षतिपूर्तिको मागसहित मुद्दा हालेका हुन् ।


कंगनाको आरोपका विषयमा जावेद अख्तरले सिधा सिधा जवाफ दिएका थिएनन् तर अभिनेत्री सबाना आजमीले कंगनालाई हेडलाइनमा नआइ एक दिन बस्न गाह्रो हुने भएकाले जथाभावी बोल्ने गरेको प्रतिक्रिया दिएकी थिइन् ।

सबानाले कंगनाले जानेको काम अभिनय हो तर उनी त्यही गर्न छाडेर राष्ट्रियता र नारीवादको पछि लागेको पनि आरोप लगाएकी थिइन् । कंगनामाथि यसअघि नै मुम्बई प्रहरी र अदालतको अपमान गरेको भन्दै दुई मुद्दा दर्ता छन् । 
 


Author

थप समाचार
x