हलिउड/बलिउड

‘मिर्जापुर २’ कतिमा बन्यो होला ?

इकागज |
कात्तिक २०, २०७७ बिहीबार १४:१९ बजे

काठमाडाैं : भारतमा पनि सिरिजका लागि बाहिरकै मुख ताक्नु पर्ने अवस्था थियो । मन खाने सिरिज हेर्न अमेरिका, बेलायत र स्पेनकै शरण पर्नुको विकल्प थिएन । तर, पछिल्ला केही वर्षमा ओटीटीको विगविगीसँगै भारतमै पनि एकसेएक सिरिज बन्न थालेका छन् ।

अमेजन प्राइममा प्रसारण भएको  ‘मिर्जापुर’ भारतमै बनेको राम्रो सिरिजमध्ये एक थियो । यो सिरिज दर्शकले यति मन पराएकी अमेजनले दोस्रो सिरिज बनाउने वाचा ग-यो । नभन्दै पहिलो सिजन रिलिज भएको वर्ष दिनकै छेउछाउमा दोस्रो सिरिज रिलिज भएको छ ।


पहिलो झैं दोस्रो सिजनलाई पनि दर्शकले खुब रुचाएका छन् ।  पहिलो सिजनभन्दा दोस्रो सिजन कलाकार, सेट, कस्ट्युम र प्रस्तुतिमा झन् भव्य रहेको समीक्षकको प्रतिक्रिया छ । त्योसँगै यो सिरिज कतिमा बन्यो होला भन्ने उत्सुकता पनि बढेको छ ।

निर्माण टिमले चुहाएको सूचना अनुसार ‘मिर्जापुर’को पहिलो सिरिज १२ करोडमा बनेको थियो । तैपनि सुपरहिट भएको थियो । तर, निर्माण टिमले दोस्रो सिजनका लागि पहिलो सिजनभन्दा ५ गुणा बढी रकम खर्च गरेको जनाएको छ ।

अर्थात् दोस्रो सिजनमा निर्माण टिमले ६० करोड खर्च गरेको छ । ‘मिर्जापुर २’मा खर्च भएको यो रकम भारतमा बनेका सिरिजमध्येमा धेरै भएको अनुमान गरिएको छ । भारतमा सामान्यतया ठूला स्टार भएका फिल्म पनि यही बजेटमा बन्छन् । 
 


Author

थप समाचार
x