पूर्वाधार

धनगढीकाे जहरी खोलामा झोलुंगे पुलकाे उद्घाटन

इकागज |
मंसिर २९, २०७९ बिहीबार १५:८ बजे

कैलाली । धनगढी उप–महानगरपालिका वडा न. १७ को जहरी खोलामा निर्माण भएको ट्रस (स्टील) झोलुंगे पुल बिहीबार उद्घाटन गरिएको छ। पुलको शिक्षाविद् तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा. डा. हेमराज पन्तले उद्घाटन गरे ।

उक्त पुल उप–महानगरपालिकाले  ३७ लाख २५ हजार रुपैयाँ लगानीमा निर्माण गरेको हाे। उपभोक्ता समिति मार्फत निर्माण गरिएको पुलको लम्बाई ३२ मिटर र चौडाई १ दशमलव ५४ मिटर रहेको छ। उक्त पुलले धनगढीको धुर्जन्ना र डमौलीया गाउँ जोडेको छ। 


त्यस्तै,आजै धनगढी उप-महानगरपालिका वडा न. १५ शान्ति कटान र उर्मा जोड्ने शिवगङ्गा नदिमा निर्माण गरिएको झोलुङ्गे पुलको समेत डा. पन्तद्वारा नै उद्घाटन गरिएको छ । उपमहानगरपालिकाको आफ्नै कोषबाट ७९ लाख ७५ हजारमा निर्माण गरिएको पुलको लम्बाइ ११९.८० मिटर र चौडाई १.२० मिटर रहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।


Author

थप समाचार
x