पूर्वाधार

अध्यक्षमा गौतमले गरे उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

इकागज |
फागुन ११, २०७९ बिहीबार १५:१२ बजे

काठमाडौँ-  काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको १७ औं साधारण सभा तथा ९ औंअधिवेशन तथा निर्वाचन फागुन १४ गते हुने भएको ह ।

आगामी अधिवेशनका लागि गौतमले अध्यक्षसहित प्यानल घोषणा गरेका हुन् । संघमा अध्यक्ष रहेका गौतमले एक कार्यकालका लागि आफूले काम गर्ने भनेर घोषणा गरेका छन् ।


उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसयीको पेशा धराशायी भएको दाबी गरे । 'व्यवसाय धर्मसंकटमा रहेको छ । यसका लागि निर्माण व्यवसायीहरूको सुझाब अनुसार काम गरिन्छ,' उनले भने ।

अध्यक्ष गौतमले बानेश्वरको एक होटलमा आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितिय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ –विजय), उप महासचिव (नीतिगत) हर्जुन मर्हजन रहेका छन् ।

त्यसैगरी, उप–महासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषणा गरेका छन ।

बाँकी सदस्यहरू सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार गौतमले प्रस्ट पारे । संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् । संघको कार्यकाल तिन वर्षको हुन्छ ।


Author

थप समाचार
x