पूर्वाधार

निर्माण व्यवसायी संघको निर्वाचन : राष्ट्रिय सभागृहमा मतदान जारी

इकागज |
फागुन १४, २०७९ आइतबार १२:३४ बजे

काठमाडौँ- काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नयाँ नेतृत्त्वका लागि मतदान जारी छ । तोकिएको समयावधि भन्दा दुईघण्टा ढिलोगरी ११ बजेदेखि मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत युवक कुमार गौतमले अहिले बिहान ११ बजेदेखि मतदान सुरु भएको जानकारी दिए । निर्वाचन कार्यक्रममा करिब १६ सय मतदाताको नामावली समावेश छ ।

साँझ ४ बजे सम्म भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा मतदान भइरहेको गौतमले बताए ।  मतदान सम्पन्न भए लगतै मतगणना गरिने समेत प्रमुख निर्वाचन अधिकृत उनको भनाइ छ ।


आगामी तीन वर्षको नेतृत्वका लागि छुट्टाछुट्टै दुई समूह प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । कृष्ण प्रसाद गौतम र शान्त कुमार श्रेष्ठ (सन्तु) छुट्टाछुट्टै दुई समूह चुनावी मैदानमा होमिएका हुन् ।  

गौतमको समूहबाट चुनावी मैदानमा वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई (काफ्ले), प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्षमा तिलक बहादुर लामा, महासचिवमा पंचमराम तामाङ (बिजय) होमिएका छन ।

त्यस्तै उपमहासचिव (नीतिगत) मा अर्जुन महर्जन, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह-कोषाध्यक्षमा राजन श्रेष्ठले रहेका छन ।१ जना महिला सदस्यको लागि ३ जना र ९ जना खुल्ला सदस्यको लागि २४ जनाले प्रतिस्पर्धा गरिरहेको प्रमुख निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

त्यसैगरी, श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष बासु खड्का, द्वितीय उपाध्यक्षमा टिकाराम सुवेदी, महासचिवमा ईश्वरराज पन्त चुनावी मैदानमा छन ।

त्यस्तै उपमहासचिव (नितिगत) मा कृष्ण केसी (कृष), उपमहासचिव (आन्तरिक) मा यनप्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह-कोषाध्यक्षमा संजिव शाक्य चुनावी मैदानमा होमिएका छन ।


Author

थप समाचार
x