११ महिनामा तीन किलोमिटर कालोपत्रे
फाइल फोटो
सुनसरी - इनरुवा नगरपालिकामा ११ महिनामा तीन किलोमिटर कालोपत्रसहित २० किलोमिटर बाटोमा स्तरोन्नति गरिएको छ ।
इनरुवाका नागरिक समाजले विकासमा गति दिन आग्रह गरेका बेलामा नगरप्रमुख केदार भण्डारीले आफूले पदभार ग्रहण गरेको ११ महिनमा चार स्थानमा गरी तीन किलोमिटर कालोपत्रसहित १० वटै वडाका बाटोमा स्तरोन्नति गरेको बताए ।
विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले आफू लागिपरेको र छोटो समयमा कैयौँ जीर्ण बाटोको स्तरोन्नति गरेको भण्डारीले बताए ।
इनरुवा–४, ५ र ६ सहितका बाटोमा कालोपत्रसहित स्तरोन्नति गरेको उनले जानकारी दिए ।
त्यसैगरी, नगर क्षेत्रका सामुदायिक विद्यालयमा माटो पुर्नेदेखि मैदानको स्तरोन्नति गर्ने कार्यसमेत गरेको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया