सडक सुधारमा जलविद्युत् आयोजनालाई सहभागी गराइने
फाइल तस्बिर
रसुवा- रसुवामा निर्माणाधीन सबै जलविद्युत् आयोजनालाई सडक सुधारको काममा सहभागी गराइने भएको छ ।
निर्माणाधीन गल्छी, बेत्रावती, मैलुङ स्याफ्रुबेँसी राजमार्गको स्थलगत निरीक्षणपछि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले सडक सुधारमा आयोजनालाई सहभागी गराइने बताइन् ।
मैलुङ क्षेत्रको अन्तर्राष्ट्रिय राजमार्ग छिटो सम्पन्न गराउन आइतबार र सोमबार मन्त्री चपाईले गल्छीदेखि रसुवागढीसम्मको सडक स्थलगत निरीक्षण गरिन् ।
रसुवामा थुप्रै हाईड्रोवपावर निर्माणाधीन अवस्थामा रहेको र आयको हिसाबले उनीहरूलाई सडक मार्गको जीर्णोद्धारमा सहभागी गराउन जरुरी देखिएकाले नीतिगत रूपको प्रावधान बनाउन आफूले प्रतिवेदनमार्फत् सरकारलाई सुझाव राख्ने राज्यमन्त्री चपाईले बताइन् ।
राजमार्गको साथसाथै टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सारलगायत सीमा क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार कामहरूको स्थलगत निरीक्षणसमेत गरेकी थिइन् ।
रसुवागढी–स्याफ्रुबेँसी खण्डको सडक बढी जीर्ण हुँदा मालवाहक सवारी साधन ओहोरदोहोर गराउन र चीनबाट आयात सामग्री काठमाडौँ लैजान गाह्रो परेकाले १६ किमी सडक सुधारलाई पहिलो प्राथमिकता दिन सवारी चालक र व्यापारी व्यवसायीले सरकारसमक्ष अनुरोधसमेत गरेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया