नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा
फाइल तस्बिर
काठमाडौँ - चितवनको नारायणगढ मुग्लिङ सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ ।
उक्त सडक खण्डमा १२ बजे देखि ४ बजे सम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । नारायणगढ मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको छ ।
उक्त खण्डमा करीब ६० मिटर पहाड रहेकोमा गत आर्थिक बर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटी सकेको इन्जिनियर कृष्ण प्रसाद आचार्यले बताए । उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको र अब एउटा पुल बनाउन बाँकी रहेको उनले बताए ।
उक्त पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ । उक्त सडक खण्डको पहाड काट्ने काम अन्तिम अन्तिम चरणमा पुगेको र यसै आर्थिक बर्ष सम्ममा पुलको स्लायाब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया