सडक डिभिजनले महानगरलाई भन्यो - दुई दिनभित्र सडक नबनाए कानुनी कारबाही गर्छौं
फाइल फाेटाे
काठमाडौँ - सडक डिभिजन काठमाडौँले न्यूरोड क्षेत्रमा बिगारेको सडक बनाउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको छ । बुधबार पत्र लेख्दै सडक डिभिजनले बिगारेको सडक २ दिन भित्र पुनस्थापना नगरे महानगरमाथि सार्वजनिक सडक ऐन २०३१ बमोजिम कानुनी कारबाही अगाडि बढाउने बताएको छ ।
महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ बढाउने भन्दै काम अगाडि बढाएको थियो । सो काम रोक्न सडक डिभिजनले यसअघि दुई पटक पत्राचार गरेकोसमेत उल्लेख गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया